बन्ने भयो चन्द्रमामा मुन स्टेसन
चीन तथा रुसले चन्द्रमामा निर्माण गरिने भनिएको स्टेसनको काम तीव्र गतिमा अघि बढाएका छन् । दुवै देशको चन्द्रमामा इन्टरनेसनल साइन्टिफिक रिसर्च सेन्टर बनाउने योजना रहेको छ ।
यस योजनामा जुन देश अथवा अन्तर्राष्ट्रिय एजेन्सी पार्टनरको रुपमा समावेश हुन चाहन्छन् तिनको स्वागत गरिनेछ । दुवै देशबीच भएको संयुक्त वार्तामा चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनसीए) का उप निर्देशक वु यान्हुवाका अनुसार रुसको अन्तरिक्ष एजेन्सी रासकासमास (Roscosmos ) सँग मिलेर चन्द्रमामा स्टेसन बनाउने कार्य अघि बढिरहेको छ । उक्त योजना दुवै देशको संयुक्त साझेदारीको महत्त्वाकाङ्क्षी योजना हो ।
मुन स्टेसन प्रोजेक्टका लागि दुवै देशले रुचि भएका अन्य सबै देश तथा स्पेस एजेन्सीलाई पार्टनर बन्न आमन्त्रित गरेका छन् ।
यस उपलक्ष्यमा भएको कार्यक्रममा तीस देशका सयभन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रुस तथा चीनले पहिला नै यस विषयक एउटा सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
चीनको राष्ट्रीय अन्तरिक्ष प्रशासन (सीएनसीए) तथा रासाकासमासका बीच यस अन्तराष्ट्रिय लुनर रिसर्च स्टेसनको संयुक्त निर्माणका लागि मार्च ९ सन २०२१ मा अनुबन्ध भएको थियो । चीन र रूसबीच यो सम्झौता यस्तो समयमा भएको थियो जुन बेला अमेरिकाले प्रद्योगिकी चोरीको चिन्तालाई ध्यानमा राखेर नासा तथा चीनबीच सबै सम्बन्धमा प्रतिबन्ध लगाएको थियो ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जारी गरेको बयानमा यो चन्द्र स्टेशन चन्द्रमाको सतह अथवा कक्ष (आर्बिट) मा निर्माण गरिनेछ ।