बसपार्कमा घर फर्किनेको लस्कर, तस्बिरमा हेरौँ
बुधबार, १५ वैशाख २०७८, ०९ : ३६
काठमाडौँ । कोरोना महामारी निमन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्न थालेका छन् ।
गोंगबुस्थित नयाँ बसपार्क बुधबार बिहानै फर्किनेहरूले खचाखच भरिएको छ । टिकट लिनेको घुइँचो पनि उस्तै छ ।
यता गह्रुँगा झोला, काखमा बच्चा बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् ।
बसपार्कबाट छुटेका सबै सवारी साधन यात्रुले भरिभराउ रहेको यातायात व्यवसायीहरुको भनाइ छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएकाले प्रशासनले सर्वसाधारणलाई घर फर्किन दुई दिनको समय दिएको छ ।
त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् ।
थप तस्बिरमा हेरौँ