सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार

बुधबार, १५ वैशाख २०७८, १३ : ४८
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको शरीरमा सोडियमको मात्रा कमी र पिसावमा इन्फेक्सन भएको छ । छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र इन्फेक्सनका कारण अस्पताल भर्ना गर्नुपरेको जनाएकी छन् । साथै, उनले आमाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्ने सवैमा आभार र धन्यवाद भनेकी छन् । 

‘आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद’ गंगाले फेसबुकमार्फत भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप