आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साइकलमा श्रीमतीको शव लिएर घुमिरहे श्रीमान्, गाउँलेले गर्न दिएनन् अन्तिम संस्कार

बुधबार, १५ वैशाख २०७८, १५ : २६
बुधबार, १५ वैशाख २०७८

कोरोनाभाइरसको दोस्रो लहरले थुप्रैलाई गाँजेको छ । डरको यो माहौलका बीच भारतको उत्तर प्रदेशको जौनपुरबाट एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ जसले मानवतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यहाँ गाउँलेले एक वृद्धालाई उनकी श्रीमतीको अन्तिम संस्कार गर्न दिएनन् किनभने सबैलाई कोरोनाको डर थियो । वृद्ध आफ्नी श्रीमतीको शव लिएर भड्किरहे तर कसैले पनि उनको मद्दत गरेनन् ।

भारतीय मिडिया आजतकका अनुसार यो घटना उत्तर प्रदेशको जौनपुरको हो । यहाँ तिलकधारी सिंहकी श्रीमती राजकुमारी थुप्रै दिनदेखि बिरामी थिइन् । सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र उनलाई अस्पताल भर्ना गरियो । तर उनको अस्पतालमा नै मृत्यु भयो । अस्पतालबाट एम्बुलेन्समा राखेर शव घर पुर्याइयो ।

तर त्यसपछि जे भयो, त्यो योभन्दा पनि दर्दनाक थियो । कोरोनाका डरका कारण कोही पनि गाउँले तिलकधारी सिंहको घरमा पुगेनन्, कुनै मद्दत पनि गरिएन न कसैले सान्त्वनासम्म पनि दिए । यस्तोमा शवको स्थिति थप नबिग्रियोस् भनेर उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारातर्फ हिँडे ।

प्रहरीले गराए अन्तिम संस्कारको व्यवस्थाः

तर त्यहाँ गाउँले पुगेर यस्ता गर्न दिएनन् । तसर्थ अन्तिम संस्कार हुन सकेन । जब यसबारे प्रहरीलाई थाहा भयो तब उनीहरुले शवलाई जौनपुरको रामघाटमा अन्तिम संस्कार गराए । प्रहरीले अन्तिम संस्कारको पूरा प्रक्रिया आफ्नो निगरानीमा नै गराए ।

स्मरण रहोस्, कोरोनाको संकटकालमा यस्तो स्थिति पैदा भएको छ कि मानिसहरु कुनै पनि बिरामी वा मृत व्यक्तिको नजिक जान नै डराइरहेका छन् । हालका समयमा यस्ता थुप्रै उदाहरण देख्न पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप