सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, १५ वैशाख २०७८, १५ : ३५
बुधबार, १५ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् ।   कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । 

सभामुख राजबहादुर शाहीले संसदको कारवाही प्रारम्भ गर्दै गर्दा एमाले ओली पक्षका सांसद गुलाबजङ्ग शाहले रोष्टमबाट उठेर आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले उनलाई बोल्ने समय दिएका थिए । शाहले यस्तो बेलामा सदन नचलाउन आग्रह गरे । 

शाहले भने, ‘कोरोनाको भयावह अवस्था छ । जनता भोकभोकै मर्ने अवस्था छ । माननीय सदस्य पनि बिरामी भएर घरमा ढलेको अवस्था छ । यस्तो अवस्थामा प्रदेशसभा सदन चल्न सक्दैन, बाहिर निषेधाज्ञा जारी गरिरहँदा यहाँ सदन चल्नु कत्तिको जायज कुरा हो’ उनले भने । 

उनले सरकारप्रति आक्रोश समेत पोखे । ‘हुन त सरकार बहिरो छ, अवैधानिक ढङ्गले भगौडाहरुलाई लिएर सरकारले नेतृत्व गरिरहेको छ’  शाहले आक्रोश पोखे । त्यसलगत्तै एमालेका सबै सांसद रोष्टममा उभिए । सभामुख शाहीले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसदहरु रोष्टममा उभिएका थिए । त्यसपछि सभामुखले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको सूचना जारी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप