आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथमा जात्रैजात्रा

बुधबार, १५ वैशाख २०७८, २३ : ४१
बुधबार, १५ वैशाख २०७८

मकवानपुर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार तथा स्थानीय प्रशासनले विभिन्न आदेश जारी गरे पनि बागमती प्रदेश सरकारले त्यसको ठाडो उल्लंघन गरेको छ । प्रसङ्ग, बागमती प्रदेश सरकारमा बुधबार थपिएका चार सदस्यको सपथ ग्रहण समारोहको हो । दलका नेता कार्यकर्तालाई प्रवेश दिइएको सपथ ग्रहण कार्यक्रम निकै अस्तव्यस्त देखिन्थ्यो ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा यस्तो देखियो:

दृश्य १ः कोरोना नियन्त्रण सम्बन्धी मापदण्डको धज्जी

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भिड जम्मा गरिएको थियो । सरकारले जारी गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्डको उल्लङ्घन गरिएको थियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन बन्देज लगाए पनि सपथ ग्रहण कार्यक्रममा अनावश्यक भिड जम्मा गरिएको थियो ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा ६० जनाभन्दा बढी व्यक्ति भेला भएका थिए ।

दृश्य २ः लापरवाहीको हद

नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले सपथ पत्र बेलैमा पाउन सकेनन् । प्रदेश प्रमुख विष्णु प्रसाईले तीन पटकसम्म ‘म...’ भनी सपथ पढे पनि नवनियुक्त मन्त्री पाण्डेलाई सपथपत्र दिइएको थिएन ।

बीचमा सपथ पत्र ल्याएर दिएपछि बल्ल पाण्डेले सपथ वाचन गरेका थिए ।

सपथ ग्रहण भद्रगोल भएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नै गाईजात्रे सपथग्रहण भनी टिप्पणी गरेका थिए ।   

दृश्य ३ः प्रदेश प्रमुखले पढ्नुपर्ने पत्र सचिवले पढेपछि

प्रदेश प्रमुख बिष्णु प्रसाईले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराइसकेपछि जिम्मेवारीको पत्र पढेर सुनाउनुपर्नेमा प्रदेश प्रमुखको कार्यालयका सचिव नारायण भट्टले सो पत्र पढ्न थाले । त्यसपछि प्रदेश प्रमुख प्रसाईले बीचैमा रोके । ‘त्यो मैले पढ्ने हो, रोक्नुस्’ भनेर प्रदेश प्रमुखले रोकेपछि केहीबेर कार्यक्रममा अलमल भएको थियो ।

मन्त्रीहरुको जिम्मेवारीपत्र पढिदिनुहोस् भनेर प्रदेश प्रमुखलाई बोलाएपछि प्रदेश प्रमुखले मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड सम्बन्धी पत्र पढेका थिए । उल्लेखनीय छ, प्रदेश सरकारमा बुधबार ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले बुधबार नै सपथ लिए । नवनियुक्त मन्त्रीहरुले सपथ लगत्तै पदभारसमेत ग्रहण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप