सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा काँग्रेसका दशहजार नयाँ क्रियाशील सदस्य थपिए

बिहीबार, १६ वैशाख २०७८, १४ : १४
बिहीबार, १६ वैशाख २०७८

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।

काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले जानकारी दिए।

गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप