सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो नागढुङ्गा नाका (भिडियो)

यो पटक भेटिएनन् पैदल घर फर्कनेहरु
बिहीबार, १६ वैशाख २०७८, १७ : ०७
बिहीबार, १६ वैशाख २०७८

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघिल्लो वर्ष लकडाउन जारी गरेपछि सर्वसाधारणले घर फर्किन हैरानी पाएका थिए । तर यो वर्ष सरकारले उपत्यकामा लकडाउन सुरु गर्नुभन्दा ३ अगाडि नै जानकारी दिँदा काठमाडौं बाहिर जान चाहने धेरै सर्वसाधारणले राहत पाएका छन् । मंगलबार र बुधबार झन्डै १० लाख हाराहारी सर्वसाधारणले काठमाडौंँ छाडेकाले बिहीबारदेखि सुरु भएको २ साता लामो लकडाउनमा पैदलै घर जानेहरू सडकमा देखिएनन् ।

बिहीबार काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका थानकोट नागढुङ्गा सामान्य अवस्थामा थियो । सो नाका हुँदै अघिल्लो वर्षजस्तो काठमाडौं छोड्न पैदलै घर हिँड्नेहरूको संख्या अत्यन्तै न्यून थियो । धादिङमा लकडाउन नभएका कारण काठमाडौँमा रहेका सो जिल्लाका केही सर्वसाधारणहरू ट्याक्सीमा नागढुङ्गासम्म पुगेका थिए । नागढुङ्गाबाट केही अगाडिसम्म पैदलै र त्यहाँबाट गाडी चढेर केही सर्वसाधारणहरू गन्तव्यतिर गइरहेका थिए । यस्तै काठमाडौं बाहिरबाट अघिल्लो दिन नै हिडेँका केही यात्रुबाहक बसहरु काठमाडाैँ भित्रिरहेका थिए । खाद्यवस्तु ढुवानीका सवारी साधान, तरकारी, खसी चौपाया, इन्धन लगायतका सामग्री बोकेका सवारी साधनहरु काठमाडौँ भित्रिरहेका थिए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप