बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इ–सिगरेटसँगै सामान्य सिगरेट पिउनुहुन्छ ? यो खबर तपाईंको लागि हो

शुक्रबार, १७ वैशाख २०७८, १४ : १८
शुक्रबार, १७ वैशाख २०७८

इ–सिगरेटसँगै सामान्य सिगरेट सेवन गर्नेहरुले सावधानी अपनाउनु पर्ने देखिएको छ । यसो गर्नु घातक हुने देखिएको छ । यसले श्वास प्रश्वासको रोग हुने खतरा देखिएको छ । हालै भएको नयाँ अध्ययनमा उक्त  कुरा प्रमाणित भएको छ । यसरी धुम्रपान गर्दा कफ तथा दम फुल्ने जस्ता श्वास प्रश्वासको रोग हुने सम्भावना रहन्छ  ।

अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकल केयर मेडिसिनले सो कुरा प्रकाशमा ल्याएको हो । शोधकर्ताका अनुसार कतिपय मानिसहरु परम्परागत सिगरेट छोड्नका लागि इ–सिगरेट प्रयोग गर्ने गर्छन् । तर पछि भने उनीहरु यी दुबै सिगरेटको आदी हुने गर्छन् ।

अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुले गरेको अध्ययनमा इ–सिगरेट तथा पारम्परिक सिगरेट दुवै एकसाथ सेवन गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बढ्ने देखिएको छ ।

यो निष्कर्ष झण्डै २१ हजार मान्छेको तथ्यांक विश्लेषणको आधारमा गरिएको हो । यसमा सहभागी ११.८ प्रतिशत इ–सिगरेट तथा १७.१ प्रतिशत पारम्परिक सिगरेट सेवन गर्नेहरु थिए । दुवै सिगरेट सेवन गर्ने भने १९.७ प्रतिशत रहेका थिए ।

शोधकर्ताका अनुसार पारम्परिक सिगरेटका साथ इ–सिगरेट सेवन गर्नेमा श्वास प्रश्वास सम्बन्धी समस्या १.९ गुणा बढी देखियो । जबकि पारम्परिक सिगरेट सेवन गर्नेको तुलनामा केवल इ–सिगरेट प्रयोग गर्नेमा यो खतरा १.२४ प्रतिशत अधिक पाइयो ।

म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ता कृष्णा रेड्डीका अनुसार मानिसहरुलाई धुम्रपान छोड्नका लागि अभिप्रेरित गर्नुपर्ने देखियो । साथै इ–सिगरेटका साथ सामान्य सिगरेट सेवन गर्नु अझ हानिकारक देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप