स्पेसएक्सले एक वर्षमा तेस्रो पटक पठायो मानवयुक्त अन्तरिक्षयान
स्पेश एक्सले २३ अप्रिलमा चारजना अन्तरिक्ष यात्रीलाई एकपटक प्रयोग भइसकेको रकेट तथा यानलाई नयाँ तरिकाबाट बनाएर अन्तरिक्षमा पठाएको छ । संसारका सबैभन्दा धनी व्यापारी एलन मस्कको उक्त कम्पनीले एक वर्षको अवधिभित्रै तेस्रो पटक मानवयुक्त यान अन्तरिक्षमा पठाएको हो ।
अमेरिका, जापान तथा फ्रान्सका यी अन्तरिक्ष यात्री २४ अप्रिलको बिहान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेका थिए । उनीहरु यस ड्रागन यानमा २३ घण्टाको यात्रा गरेर स्पेश स्टेशनमा पुगेका थिए । स्पेश एक्सले पहिलो मानवयुक्त उक्त यानको प्रयोग गत वर्षको मे महिनामा गरेको थियो ।
स्पेश एक्सले नासाका लागि अन्तरिक्ष यात्री पठाउनका लागि कुनै यान तथा रकेटको पुनःप्रयोग पहिलो पटक गरेको हो । रकेटको प्रयोग भने पछिल्लो नोभेम्बरमा दोस्रो मानवयुक्त अन्तरिक्ष उडानका लागि भएको थियो ।
अन्तरिक्ष यानका कमाण्डर शाने किमब्रोग तथा उनका साथीले एक हप्ता अघि रकेटबाट निस्कने धुवाँबाट आफ्नो नामको पहिलो अक्षर लेखेर नयाँ परम्परको सुरुवात भएको बताए ।