सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतले तोक्यो  रिट निवेदन र सुनुवाइ समय

शुक्रबार, १७ वैशाख २०७८, १४ : ४८
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरू दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रहेको छ ।

ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ः०० बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनुवाइ गर्ने तय गरिएको छ । सर्वोच्च अदालतका उप रजिष्ट्रार राजु ढुङ्गानाका अनुसार सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक÷एक पक्ष र  एक÷एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरुको यही वैशाख १४ गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने गरेको थियो । पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । अदालतले सोही निर्णयानुसार रिट दर्ता गर्ने र सुनुवाइ गर्ने  समय निर्धारण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप