सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधसहित धरानबाट एकजना पक्राउ

शुक्रबार, १७ वैशाख २०७८, १९ : ३९
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–९ घर भएका ३५ वर्षीय अलि मुजुजा अहमद उर्फ मुन्ना खान छन् ।
इटहरीबाट धरान जाँदै गरेका मुन्ना प्रदेश–१–०२–०४५प ९८३ नम्बरको मोटरसाइकलमा सवार थिए ।

मुन्नाको साथबाट १५ बोतल ‘डायलक्स डिसी’ र ७ सय २० क्याप्सुल ‘स्पास्मो प्रोक्सिभोन प्लस’ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप