आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निषेधाज्ञासँगै सुनसान बन्यो विराटनगर, तस्बिरमा हेर्नुहोस्

आइतबार, १९ वैशाख २०७८, ०८ : २८
आइतबार, १९ वैशाख २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित आसपासको क्षेत्रमा एक सातासम्म निषेधाज्ञा जारी गरेको छ ।
शनिबार राति १२ बजेदेखि लागु हुने गरि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।

महानगरपालिकामा तिब्रतर रुपमा बढिरहेको कोरोनालाई लक्षित गर्दै महानगरसँग सीमा जोडिएका अन्य स्थानीय तहमा निषेधाज्ञा आदेश जारी गरिएपछि विराटनगरका मुख्य सडक क्षेत्र सुनसान भएका छन् । बिहानैदेखि प्रहरी परिचालन गरी सडकमा दौडिएका सवारी साधानलाई चेकजाँच गर्न थालिएको छ ।

औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।
गुद्री बजार, सब्जीमण्डी, होटल, रेष्टुराँ, सैलुन, ई–रिक्सा समेत सञ्चालनमा रोक लगाइएको छ । निर्माण सामाग्री बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

अत्यावश्यक सेवामा सञ्चालन हुने विद्युत, पानी, दुध, डेरी, सञ्चार, फलफुल, एम्बुलेन्स, बिरामी बोकेको गाडी, शव वाहन र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य सवारी पूर्ण रुपमा सञ्चालनमा रोक लगाइएको छ । सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गरिनुपर्नेछ ।

मोरङमा शनिबारसम्म १७ सय ८३ जना कोरोनाभाइरसको सक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप