सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

आइतबार, १९ वैशाख २०७८, १३ : ५२
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ पावै सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय गंगाबहादुर गिरी छन् ।

प्रहरीले शिकार खेल्न गएका गिरी सहितका पाँच जनाले छाडेर भागेको ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, फलामको टुक्रा र १ थान केप बरामद गरेको छ । सामुदायिक वनमा प्रहरी देखेपछि सिकारी भागेका थिए । चारजना सिकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप