आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन

आइतबार, १९ वैशाख २०७८, १५ : ०६
आइतबार, १९ वैशाख २०७८

कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ ।

निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कको निर्देशन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप