सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा एकै दिन थप ३१४ जनामा कोरोना पुष्टि

आइतबार, १९ वैशाख २०७८, १७ : ०७
आइतबार, १९ वैशाख २०७८

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमण तीव्र बृद्धि भएको छ । पछिल्लो समय दिन प्रतिदिन पोखरामा अस्वभाविक रुपमा संक्रमण बृद्धि भएको हो । आइतबार पोखरा महानगरका विभिन्न वडामा थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप