सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्याउन काँग्रेसको माग

आइतबार, १९ वैशाख २०७८, १७ : २९
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन सरकारसँग माग गरेको छ । काँग्रेसको केन्द्रीय शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाल शिक्षा र विद्यालयका कर्मचारी उचित पारिश्रमिकको व्यवस्थापन गर्न पनि माग गरेका हुन् ।

काँग्रेसले विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकहरुलाई वैज्ञानिक प्रकृया अपनाई एकै प्रकारको शिक्षक दरवन्दी सिर्जना गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गरेको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा रहको विगतको सरकार स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयनमा लागि आंशिक प्राध्यापकहरूको समस्या पूरा गर्न पनि जोडदार माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप