वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय
आइतबार, १९ वैशाख २०७८, १९ : २६
काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको उनको भनाइ छ ।
यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएकोमा क्षमा याचनासहित सच्याइएको छ- सं)