सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

आइतबार, १९ वैशाख २०७८, १९ : २६
आइतबार, १९ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार प्रदेशको राजधानी पोखरामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलोपटक हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्यु भएको छ । त्यसैगरी स्याङजामा १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नवलपरासी पूर्वमा २९, म्याग्दीमा २३, तनहुँमा १४, मुस्ताङमा १३, पर्वतमा ९ जना, लमजुङमा ८ जना र मनाङका ४ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार २ सय २१ पुगेको छ । प्रदेशमा ६४ जना उपचार पछि डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ । त्यस्तै प्रदेशमा आज थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ सय ३२ पुगेको निर्देशनालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप