सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, १९ वैशाख २०७८, २२ : ४९
आइतबार, १९ वैशाख २०७८

सुर्खेत । जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  बालिका बलात्कारको आरोपमा दुल्लु नगरपालिका –९ रोकायाबाँडाका २८ वर्षीय तेजबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार काफल खान गएको मौका छोपी रोकायाले १३ वर्षीय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा रोकायालाई पक्राउ गरिएको हो । रोकायाले काफल खान गएको समयमा कोही नभएको मौका छोपी भाग्न नदिई हातले मुख थुनेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट बालिकाकी आमाले शनिबार जोहरी दिएकी छन् । बलात्कार आरोपमा पक्राउ परेका रोकायालाई दैलेख जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप