आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी

१२ घण्टासम्म नियन्त्रणबाहिर
सोमबार, २० वैशाख २०७८, १४ : ४५
सोमबार, २० वैशाख २०७८

झापाको मेचीनगर नगरपालिका१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार  बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीयवासी परिचालित भएका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप