सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछि पहिलो : ओली

सोमबार, २० वैशाख २०७८, १६ : १६
सोमबार, २० वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।  आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको सोमबार देशवासीको सम्बोधनको क्रममा बताए । 

उनले  हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताए ।  अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै उनले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप