सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल आउन अनुमति

सोमबार, २० वैशाख २०७८, १६ : ३५
सोमबार, २० वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । साथै उनले सवै तहमा कन्ट्याक ट्रेसिङ्ग बढाउन लगाइएको पनि बताएका छन् । ‘स्थलमार्ग, चार्टड वा हवाइ मार्गबाट आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरीने छ । कोही संक्रमित भए उनीहरुलाई उपचार गरेर मात्रै समुदायमा पठाउने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप