सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाबाट बच्ने केपी ओलीका ‘टिप्स’

सोमबार, २० वैशाख २०७८, १६ : ३९
सोमबार, २० वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए । 

उनले कोरोनाबाट बच्नलाई आम देशवासीलाई टिप्स पनि दिन भ्याए ।  उनले आमनागरिकलाई भने, सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए । 

चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।

ओलीका टिप्स
– सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ,
– समय समयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौं
– भोजभतेर तथा पर्व घरमै मनाउँ
– भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं ।
– धैर्य गरौं, संयमता अपनाऔं ।
– सावधान होऔं तर आतङ्कित नहोऔं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप