सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको बैठक अनिश्चित

सोमबार, २० वैशाख २०७८, १७ : ३७
सोमबार, २० वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको बैठक अनिश्चित भएको छ । सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले संसदको बैठक बोलाउने वारे निर्णय गर्न सकेन । कार्यव्यवस्था परामर्श समितिको बैठकले सर्वदलीय बैठक राखेर आगामी बैठकको टुङ्गो लगाउने निर्णय गरेको छ ।

 एमालेका सांसद कृष्ण थापाले कार्यसूचीमा समावेश भएको विषयको ख्यालै नगरी सभामुख नेत्रनाथ अधिकारीले संसदको बैठक स्थगित गरेकाले आत्मालोचना गर्दै संसदीय दलका नेताहरुको सल्लाहमा सर्वदलीय बैठक बोलाएर छलफल गरेपछि बैठक बोलाउन आपूmले सुझाएको बताए । उनले आपूm लगायतका अन्य दलका सांसदको सल्लाहअनुसार संसदीय दलका नेताहरुको सल्लाहपछि मात्र संसदको बैठक बोलाउने निर्णय भएको बताए । ‘सभामुख अधिकारीले कार्यसूचीमै समावेश भएको अवस्थामा बैठक अनिश्चितकालका लागि स्थगित गरेर नेपालकै इतिहासमा पहिलो गल्ती गरेका छन’ उनले भने । त्यस गल्तीलाई आत्मालोचना गरेर सर्वदलीय बैठक डाक्नुस् भनेर जिम्मेवार पार्टीको हैसियतले मैले शुरुमै कुरा राखे, अन्य दलका सांसदहरुले पनि कुरा राख्नुभयो ।’ 

काँग्रेसका सांसद कुमार खड्काले सरकारले बजेट ल्याउन समेत आवश्यक तयारी थाल्नुपर्ने अवस्था रहेकाले लामो समयसम्म संसदको बैठक स्थगित गर्न नहुनेमा सबै दल सहमत रहेको बताए । उनले गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ५ वटा राजनैतिक पार्टीका संसदीय दलका नेताहरुबीच छलफल गरेर सहमति कायम गर्न मंगलबार दिउँसो ३ बजे बैठक बोलाउने सहमति भएको बताए । ‘भोलि ३ बजे पाँच पार्टीका संसदीय दलका नेताबीच छलफल गरेपछि पुनः कार्य ब्यवस्था परामर्श समितिको बैठक बस्ने सहमति पछि बैठक टुङ्गायौ’ उनले भने । 

सांसद खड्काले परामर्श समितको बैठकमा सबै सांसदहरुको बैठक लामो समयसम्म स्थगित गर्न नहुने भन्ने नै सुझाब दिएको बताए । ‘कार्यव्यवस्था परामर्श समितको बैठकमा स्थगित बैठक सुरु गर्नुपर्नेमा नै केन्द्रीत भयो’ उनले भने । ‘सवै सहभागीहरुले बैठक छिटै बोलाउनुपर्ने भनाइ राख्नुभयो ।’

बैशाख १५ गते संसदमा अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची प्रकाशन भएपछि राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद बेपत्ता भएकाले उनको वास्तविकता पत्ता नलागुञ्जेल बैठक स्थगित गर्न माग गरेकी थिइन् । त्यसलगत्तै सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेपछि समितिको बैठक बस्न सकेको थिएन ।

बैशाख १५ गते प्रदेशसभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । मतदानकै दिन जनमोर्चा सांसद खिम विक्रम शाही बिना सूचना बेपत्ता भएपछि सभामुख अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप