सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा थपिए ५२७ कोरोनाका संक्रमित, ५ जनाको मृत्यु

सोमबार, २० वैशाख २०७८, १९ : ४४
सोमबार, २० वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५ सय २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आरटिपिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ४७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १८० जनामा कोरोना पुष्टि भएको हो ।  
जसमध्ये आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा सुर्खेतका २ सय ३५ जना, दैलेखका १५ जना; कालिकोटका ३ जना; जुम्लाका १३ जना, मुगुका १ जना; सल्यानका ५३ जना, रुकुम पश्चिमका १ जना, जाजरकोटका ७ जना, हुम्लाका २ जना र अन्य प्रदेशका १७ जना रहेका प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका सूचना अधिकारी नोदनारयण चौधरीकाअनुसार १० जिल्लामध्ये कर्णालीमा नौ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।  एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सुर्खेतका २७, दैलेखका २६, सल्यानका ३६, रुकुम पश्चिमका ४९, कालिकोटका ३४, डोल्पा ८ जनामा संक्रमण देखिएको छ । 

२४ घण्टाको अवधिमा आरटिपिसिआर विधिबाट ५ सय ८१ र एन्टिजेन विधिबाट ४ सय ४२ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा २० जना डिस्चार्ज भएका छन् ।   हाल प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा ४ सय ५७ जना रहेका छन् ।

५ जनाको मृत्यु   
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कर्णालीमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका १२ का ३५ वर्षीय पुरुषको दैलेख अस्पतालमा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का ५२ बर्षीय पुरुष, चिङ्गाड गाउँपालिका २ का २६ वर्षीय पुरुष, लेक बेसी नगरपालिका १० का ४० वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका ७ की ६३ वर्षीय महिलाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।  

मृत्यु भएकामध्ये  दुई जनाको एन्टिजेन र ३ जनाको आरटी पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । यो सँगै कर्णालीमा मृतकको संख्या ५९ पुगेको निर्देशनालयका निर्देशन रविन खड्काले जानकारी दिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप