प्रसूति गृह अस्पतालमा परामर्श लिन परेमा यो नम्बरमा फोन गर्नुहोस्
मङ्गलबार, २१ वैशाख २०७८, १६ : १४
कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।
महामारीको समयमा अस्पताल आउन नसक्ने बिरामीका लागि सो सेवा सञ्चालनमा ल्याएको हो ।
फ्रि नम्बर, १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको अस्पतालले जनाएको छ । यस्तै संक्रमणको कारण अस्पताल आउन नसकेका व्यक्तिले अस्पतालबाट जानकारी लिनुपरेमा ०१—४२६१३६३, ०१—४२५३२७६, ०१—४२१२५६८ र ०१—४२१२५५९ मा समेत फोन गर्न सक्ने छन् ।