सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा थपिए २७० संक्रमित, ४ जनाको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, १९ : ४५
मङ्गलबार, २१ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् ।  आरटी पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा विगत २४ घण्टाको अवधिमा २७० जनामा संक्रमण पुष्टि भएको मंगलबार जनाइएको हो ।

कर्णालीका विभिन्न प्रयोगशालामा ३२७ जनामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८६ जनामा र एन्टिजेन विधिबाट १५२ जनामा परीक्षण गर्दा ८४ जनामा कोरोना पुष्टि भएको कर्णालीमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै  २४ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–५ की ६२ वर्षीय महिलाको रुकुमपश्चिम अस्पतालमा उपचारका क्रममा, सुर्खेत भेरीगंगा नगरपालिकाकी ५० वर्षीय महिलाको प्रदेश अस्पतालमा उपचारका क्रममा, सल्यान सिद्दकुमाख गाउँपालिका–३ का ३४ वर्षीय पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा र सल्यान बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका निमित्त प्रमुख डा.रविन खड्काले जानकारी दिए ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ६८ छ । पछिल्लो २४ घण्टामा सुर्खेतका ५५ जना, कालिकोटका ११ जना र रुकुम पश्चिमका २ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।

हाल कर्णालीमा  २ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसनमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप