सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ

मङ्गलबार, २१ वैशाख २०७८, २० : ०९
मङ्गलबार, २१ वैशाख २०७८

जनकपुर । धनुषाको हंसपुर नगरपालिकामा पतिको हत्या गरेको आरोपमा मृतककी पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो । हत्यापछि फरार भएकी उनकी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए । सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ । गत शुक्रबार मध्यरातमा देवर भाउजु मिलेर शम्भु  मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप