संसद बैठकअघि सांसदहरुको पीसीआर परीक्षण, तस्बिरमा हेर्नुहाेस्
बुधबार, २२ वैशाख २०७८, ११ : २३
आज राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखसहित दुबै सदनका सम्पूर्ण सांसद, कर्मचारी, मर्यादापालक लगायतको पीसिआर परीक्षण गरिएको छ ।
यही वैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ ।