सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यायिक व्यक्तित्व गुमायौ : सर्वोच्च अदालत

बुधबार, २२ वैशाख २०७८, १५ : ०५
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।

बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व.लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्र प्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ ।” बैठकले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
पूर्व महान्यायाधिवक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकामा मङ्गलबार निधन भएको थियो । जनकपुरमा विसं २००० माघ २ गते जन्मिएका निरालाले काठमाडौँलाई कर्मथलो बनाएका थिए । उनी कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप