सुन्धाराको होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
बुधबार, २२ वैशाख २०७८, १५ : ३८
काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय ती युवक गोरखाका एक स्कुलका शिक्षक भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
सोही स्कुलमा पढ्ने एक किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।
मंगलबार बिहान पक्राउ परेका ती युवकमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।