सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका सिडिओहरुलाई प्रदेश प्रमुखको फोन

बिहीबार, २३ वैशाख २०७८, १८ : ००
बिहीबार, २३ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गरेका छन् । कर्णाली प्रदेशअन्तर्गत जिल्लाहरुमा रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई आज (बिहीवार) टेलिफोन गरी कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गरेका हुन् ।

उनले संक्रमण फैलिन नदिनका लागि भइरहेका निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारिन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड–१९ चेकजाँचको उपलब्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार, अस्पतालहरुमा अक्सिजनको अवस्था लगायतबारे कुराकानी गरेका छन् ।

टेलिफोनमार्फत  कलौनीले विश्वभर महामारीको रुप लिएको कोभिड १९ प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरुले देखाएको क्रियाशीलताको प्रशंसा गरे । साथै संक्रमणबाट आफू पनि जोगिन सचेत गराए ।

कलौनीले  नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरु नहुने भएकाले संक्रमण फैलने नदिने र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिए । संक्रमण फैलिन नदिन हाल कर्णाली प्रदेशका १० वटै जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप