काठमाडौँ महानगरपालिका–३ मा कन्ट्याक्ट ट्रेसिङ गर्दै कोरोना परीक्षण (तस्बिरमा हेर्नुहोस्)
शुक्रबार, २४ वैशाख २०७८, १८ : ०९
काठमाडौंमा कोरोनाको संक्रमण ह्वात्तै बढेपनि पर्याप्त परीक्षण नहुँदा संक्रमितको यकिन संख्या पहिचान गर्न मुस्किल छ । यस्तो अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले भने परीक्षण र संक्रमित पहिचान कार्यलाई प्राथमिकतामा राखेको छ । शुक्रबार काठमाडौं महानगर– ३ ले गरेको कार्यक्रममा सहभागी भएर स्थानीयले कोरोना परीक्षण गराएका छन् । ‘संक्रमित व्यक्तिको परिवार र संक्रमितसँगको क्लोज कन्ट्याक्टमा आएकाहरु अहिले परीक्षणका लागि यहाँ आइरहनु भएको छ,’ स्थानीय डाक्टर सुम्निमा पाठकले भनिन्, ‘हामीले काठमाडौं महानगरसँग समन्वय गरेर वडा कार्यालयमै परीक्षणको काम गरिरहेका छौँ ।’