सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २६ वैशाख २०७८, १५ : ०१
आइतबार, २६ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
 
उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ ।
यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको प्रदेशमै पहिलो घट्ना हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप