सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव समूहले दियो ओलीलाई सोमबार नौ बजेसम्मको अल्टिमेटम

आइतबार, २६ वैशाख २०७८, २० : ०१
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ । आइतबार सिंहदरबारमा बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको हो । 

‘फागुन २३ को फैसलाअनुसार एमाले स्वतः २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र  सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता खोजेका छौं, त्यसका लागि भोलि बिहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।

उनले ओलीले भोली बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । उनले ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु  बैशाख २७ मा बस्ने संसद बैठकमा सहभागी बनेर विश्वासको मतको पक्षमा मतदान गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप