प्रधानमन्त्री ओली पुगे संसद भवन
सोमबार, २७ वैशाख २०७८, १३ : १७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । अहिले सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी छ।