सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई छातीमा हात राखेर सोच्न सभापति देउवाको सुझाव

सोमबार, २७ वैशाख २०७८, १४ : ५६
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरे । उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा चलेको छ ? सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संविधान सुरक्षित छ ? भनेर प्रश्न गरे ।

 
उनले झण्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेको भन्दै आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जिम्मेवार छ ? संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ ?’, देउवाले प्रश्न गरे । उनले ‘आफु कार्यकारी प्रधानमन्त्री हुने अनि अरुलाई दोष थोपर्ने ? अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? ओली नेतृत्वको सरकार पुण असफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन ? ’देउवाले ओलीलाई प्रश्न गरे ।

उनले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताए ।  उनले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भत्काउने प्रयास गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप