सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

सोमबार, २७ वैशाख २०७८, १५ : ०६
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’ 

उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे ।  यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर  छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप