सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई देउवाको प्रश्न– ‘घरघरमा ग्यासको पाइपको योजना कहाँ गए ?’

सोमबार, २७ वैशाख २०७८, १५ : ३४
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विकास निर्माणको तीव्र आकांक्षा घरघरमा ग्यासको पाइप पुर्याउने उद्घोष कहाँ पुगे भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा विश्वासको मत दिने सभाको विपक्षीको तर्फबाट सभालाई सम्बोधन गर्दै यस्तो प्रश्न गरेका हुन् । 

सो अवसरमा सभापति देउवाले विकास निर्माणमा छलाङ मारेको दाबी गर्ने सरकारले आफुले चुनाव अघि जनता सामु जारी गरेको प्रतिवद्धता कहाँ हराए भनेर प्रश्न गरेका छन् ।  उनले भने, ‘चुनाव अघि तपाईले जनता अघि गरेका बाचा तथा प्रतिवद्धता याद छ छ रु तपाईले जनताहरु बीचमा बाँड्नु भएको सपना पानी जहाजको सपना, घरघरमा ग्यास पाइपको योजना र तिब्र रोजगारीको योजना अहिले कहाँ पुगे ? कोहि भोकै पर्दैन, भोकले कोही मर्दैन भनेका भनाईहरु अहिले कता लागू भए त ?’ सभापति देउवाले सभा समक्ष भने । 

सो अवसरमा सभापति देउवाले अहिलेको कोरोनामा महामारीको समयमा पनि सरकारले आफ्नै नागरिकलाई उपचार दिन सक्दैन, अक्सिजन, आइसोलेसन, भेन्टिलेटर उपलब्ध गराउन सक्दैन भने यो गरे त्यो गरे भनेर कुर्लनुको कुनै अर्थ नभएको बताए ।  थप बरु सरकार महामारीमा पनि भ्रष्टाचार, कमिसन खोरसँग मिलेर कमाउ धन्दामा लागेको उनले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप