सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको जवाफ : इमानको छातिमा हात राखेर सोच्नुस्

सोमबार, २७ वैशाख २०७८, ०९ : ००
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मिथ्या आरोपको खेती नगर्न दल र दलका नेताहरुलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभामा विश्वासको मतमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले झुट बालेर, उत्तेजनाका कुरा गरेर, असहज अवस्थामा देश गुज्रेको बेला वैमनस्यता र कलहमा कसैले पनि लैजान नहुने बताए । 

उनले नेपालको राजनीति माखे साङ्लो जस्तो जटिल बन्यो भनेको भनेको कुरालाई र अर्कै प्रशंगमा आँप झरेको भनेको कुरालाई भ्रम छर्दै अन्य अर्थ लगाएर छुद्र राजनीति गरिरहको बताए ।  उनले राष्ट्रिय राजनीतिलाई झुठ र जालझेलको राजनीति नगरी सत्यतथ्य सूचना दिनुपर्ने बनाउनुपर्ने भन्दै केही नभएका ठाउँमा शिलान्यास गरेको भनेर लगाइएको आरोपको खण्डन गरे । सुनकोसी मरिन डाइभर्सन शिलान्यास गर्दा कतिपयलाई चित्त दुखेको भन्दै त्यसबाट चित्त नदुखाउन आग्रह गरे । 

उनले ५ वर्ष सरकार चलाउनकै लागि आफुले राजीनामा नदिएको भन्दै मिलेर काम गर्नकै लागि आफुले पहल गरिरहेको दावी गरे । ‘’संसद विघटन होला कि भन्ने चिन्ता छ मत दिनुस् न कसरी विघटन हुन्छ ? भाषा एउटा काम अर्को नगरौ, संसदको स्थायित्वका लागि भोट दिउ, बचाउ । 

‘खोपको व्यवस्था अघि नै गर्नुपर्ने भन्नुभयो यो के भनेको, कोभिड लाग्नु अघि नै कि खोप बन्नु भन्दा अघि ?’ ओलीले खोपमा कुनै भ्रष्टाचार नभएको भन्दै भए छानविन गरौं भन्दै गलत भ्रम नफैलाउन आग्रह गरे । उनले २ पटकमा चार डलरका दरले २० लाख खोप किनेको भन्दै खोप आउन ढिला भएको बारेमा छानविन गर्न तयार रहेको बताए । 

प्रधानमन्त्री ओलीले कोरोनाको उपचारका लागि विभिन्न अस्पतालमा नयाँ बेडहरुको व्यवस्था गरिरहेको बताए ।  कोभिडको सम्बन्धमा सरकारले केही पनि गरेन भन्नु, भ्याक्सिन उत्पादन गरेका देशसँगै लगाइरहेका छौ र पनि ? आजकाल पाप धर्म भन्ने कुरा पनि हरायो मान्छेहरूको’ उनले धरहरा तयार नभएको भन्नेहरूलाई भने, ‘तयार नै नभइ म कसरी टुप्पोमा गएँ त ज जसलाई धरहरा बनेको छैन भन्नेहरु भोली गएर चढ्नुस् ।’

लोकसेवा आयोगलगायतका संवैधानिक आयोगमा गत्यावरोध आएकाले अध्यादेशमार्फत पदपूर्ति गर्न लागेको जवाफ दिए । उनले संसदीय सुनुवाइमार्फत अनुमोदन गर्ने नगर्ने बाँकी नै रहेको पनि बताए । ‘अध्यादेश अपराध होइन’, प्रधानमन्त्रीको जवाफ छ । सरकारको संवैधानिक दायित्व पुरा गर्न नदिएकाले अध्यादेश ल्याउनु परेको बताए । 

‘छातिमा हात राखेर भन्नु भन्ने साथीहरुलाई म भन्छु इमानको छातीमा हात राखेर सोच्नुस्’, काँग्रेस सभापति देउवालाई जवाफ दिए ।  उनले सरकारलाई काम गर्न कसले दिएन भनेर गरेको प्रश्नमा देशले देखेको जवाफ दिए । ‘अविश्वासको प्रस्ताव पनि नराख्ने, बैकल्पिक सरकार पनि नबनाउने । नेपालीमा हलो अड्काउने भन्छ ।’ आफुले अविश्वासको प्रस्तावका लागि अढाइ महिना पर्खेको भन्दै दौडधूप मात्रै चलेको बताए । 

उनले सभा किन गरेको भन्ने प्रश्नमा मान्छे हेर्न यहाँ आउ भनेपछि म पनि मान्छे हेर्न गएको बताए । आफुले विश्वासको मत स्थिरताका लागि लिन लागेको भन्दै भने, ‘इन अफ इज इन अफ ।’ प्रधानमन्त्री ओलीले संविधान अनुसार स्थिरता र स्थायित्वको पक्षमा आफु तयार रहेको भन्दै विकल्प ल्याउँदा पनि धन्यवाद नभनेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप