सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अझै २५ प्रतिशत नेपाली हात धुन जान्दैनन्

आइतबार, २९ असोज २०७४, १३ : १६
आइतबार, २९ असोज २०७४

काठमाडौँ । विश्व हात धुने दिवस पछिल्लो समय बिस्तारै धेरैलाई जानकारी हुन थालेको दिवस हो । 

गत वर्ष हात धुने दिवसको दिन स्वास्थ्य मन्त्रालयको सहयोगमा ७५ वटै जिल्लामा हात धुने बारे जनचेतना मुलक कार्यक्रम संचालन गरिएको थियो ।

तर, यो वर्षको हात धुने दिवसमा मन्त्रालयको आयोजना तथा सकहकार्यमा कुनै पनि कार्यक्रम भएको पाइएन । यसअघि बाल्टीन, साबुन लगायत हात धुने सामग्रीको साथमा मन्त्रालय जिल्ला÷जिल्लामा पुगेको थियो । 

अहिले भने चुपचाप जस्तै देखिएको छ । केही गैरसरकारी कार्यालयहरुले यो कार्यक्रमको आयोजना गरे पनि मन्त्रालयको तर्फबाट कार्यक्रम भएको छैन् । मन्त्रालयमा बुझ्दा कार्यक्रम नभएको बताइयो । 

हात धुने तरिका – पानी र साबुनले कम्तीमा पनि २० सेकेण्ड सम्म हात मिच्नु पर्छ ।  दुबै हत्केलालाई एक आपसमा दलेर औंलाका कापसम्म साबुन पुर्याउने अनि हातको पछाडी,नगंका मुनी,औंलाका काप र नारी सम्म मिच्नु पर्दछ । यसरी हात धँुदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्दा सुष्म जिवाणुहरु पनि पखालेर सफा हुने छन् । तर यसरी धुनको अझै सबै नेपालीले जानेका छैनन् ।
 

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रले दिएको जानकारी अनुसार अझै नेपालमा २५ प्रतिशत नेपालीले हात धुन जान्दैनन् । 

ग्रामिण क्षेत्रका बालबालिका, बृद्ध–बृद्धा, पछि परेका समुदाय र राउटे समुदायको संख्या धेरै रहेका छ । 

७५ प्रतिशत नेपालीले हात धुन जानेका छन् । विषेशता सहरी तथा शिक्षित सकुदायका नागरिकले सरसफाईमा विषेश ध्यान दिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप