मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

शनिबार, २७ जेठ २०७४, १५ : ५४
शनिबार, २७ जेठ २०७४

काठमाडौं – क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य रु. ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । 
उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी यूवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको छ । कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल विक्रि केन्द्रहरु मार्फत सर्वत्र उपलब्ध हुनेछ ।

‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी यूवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।’

नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेल संग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ ।

डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १÷३ ईञ्च सेन्सरपनि जडान गरिएको छ । एफथ्रीमा ४ जीबी ¥याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा–कोर प्रोशेसर छ । यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ ।

फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ ।


निरन्तर विकासको प्रक्रियामा रहेको ओप्पो नवप्रवर्तनात्मक प्रविधि, आकर्षक डिजाइन र क्यामेरा विषेशज्ञता मार्फत उपभोक्तालाई अभुतपूर्व अनुभव प्रदान गर्न तत्पर स्मार्टफोन ब्राण्ड हो । ओप्पोले फोटोग्राफी प्रविधिमा नवप्रबर्तनात्मक विकास पस्कँदै विगत १० बर्षदेखि क्यामेरा फोनको उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । सेल्फी यूगको थालनी गरेको ओप्पो १६ मेगा पिक्सेल क्षमता सहितको फ्रण्ट क्यामेरा उपलब्ध गराउने पहिलो ब्राण्ड हो । मोटरको प्रयोग मार्फत (मोटोराइज्ड) घुम्ने क्यामेरा, अल्ट्रा एचडी फिचर र फाइभएक्स डुअल क्यामेरा जुम प्रविधि पहिलो पल्ट उपलब्ध गराउने ब्राण्डका रुपमा पनि ओप्पो परिचित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप