सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १७ : २०
बिहीबार, ३० वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका १४ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा पोखराका ८ जना रहेका छन् भने अन्य जिल्लाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा १७ का ७३ वर्षीय पुरुष, ७ का ४५ वर्षीय महिला र पोखरा १७ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी पोखरा ८ का ५० वर्षीय पुरुष, १५ का ६५ वर्षीय पुरुष र पोखरा १७ का ३० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै पोखरा १२ का ७८ वर्षीय पुरुषको फिस्टेल अस्पताल र पोखरा २२ का ६९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । 

दाङको लालमटिया १ का ८० वर्षीय पुरुषको पोखरास्थित मणिपालमा मृत्यु भएको छ । त्यसैगरी म्याग्दीको बेनी ५ का ४० वर्षीय पुरुषको बेनी अस्पतालमा र बागलुङको ढोरपाटन नगरपालिका ९ का ५७ वर्षीय पुरुष, गलकोट २ का ५२ वर्षीय पुरुष,गलकोट ३ का ६४ वर्षीय पुरुष र बागलुङ नगरपालिका ४ का ७७ वर्षीय पुरुषको धौलागिरी अस्पतालमा मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ३१८ पुगेको छ । प्रदेशमा हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ । तीमध्ये ६ हजार ८६८ जना होम आइसोलेसनमा रहेका छन् ।  पछिल्लो २४ घण्टामा ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ जनाको परीक्षण गर्दा ५०६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१० जना पोखराका रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप