सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ३० वैशाख २०७८, १९ : ००
बिहीबार, ३० वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लामा ५०६ जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा २१० जना, बागलुङमा १९९, नवलपरासी पूर्वमा ९१, म्याग्दीमा २८ जना रहेका छन् । त्यस्तै तनहुँमा २७, स्याङजामा १६, पर्वतमा ११, गोरखा र लमजुङमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा  कोरोना संक्रमितको संख्या २५ हजार ९५३ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ रहेको छ । हाल प्रदेशमा ७ हजार ३१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ८६८ रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचाररत थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप