सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालले आफूपक्षीय नेतासँग छलफल गर्दै

शुक्रबार, ३१ वैशाख २०७८, १४ : ०३
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको लागि कार्यदल बनाउने निष्कर्ष पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग भएको वार्ताबारे आफू निकटका स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका छन् । नेता नेपालले आफु पक्षका स्थायी समितिका नेताहरुलाई ओलीसँगको कुराकानी जुममार्फत जानकारी गराएका हुन् ।

स्थायी समिति सदस्यहरूसँगको ब्रिफिङपछि नेता नेपालले आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई पनि बिफ्रिङ गर्ने भएका छन् ।  केन्द्रीय सदस्यहरुको माग अनुसार नेता नेपालले उनीहरुसँग ब्रिफिङ गर्ने र सदस्यहरूका कुरा सुन्नलाई समय मागेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । 

‘खासगरी हाम्रा कुरा सुनाउन नेता नेपालसँग छलफल गर्न हामीले समय मागेका हौं । उहाँले हिजो भएको वार्ताबारे सामान्य जानकारी गराएपछि हामीले हाम्रा कुरा राख्छौ उहाँले सुन्नुहुन्छ’, राईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप