सिंहदरबारमा ओलीलाई कुर्दै माधव पक्षका नेताहरु
शुक्रबार, ३१ वैशाख २०७८, १० : ००
काठमाडौं । पार्टी विवादबारे छलफल गर्न एमाले नेताहरु सिंहदरबार पुगेका छन् । छलफलका लागि ६ बजेको समय तय भएकाले सो समयमा माधव पक्षका नेताहरु बैठकस्थल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगे पनि प्रधानमन्त्री ओली पुगिसकेका छैनन् ।
ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त बैठकस्थलमा पुगिसकेका छन् । आजको छलफलमा कार्यदललाई पूर्णता दिने र टिओआरको टुंगो लगाउने बुझिएको छ ।