जोन्टा क्लव अफद्वारा परोपकार प्रशुति गृहलाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान
शुक्रबार, ३१ वैशाख २०७८, १९ : ३९
काठमाडौ । जोन्टा क्लव अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुति गृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।
चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरिएको हो ।
जोन्टाल अप्रिल २०२० मा पहिलो लकडाउनमा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरी भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो ।
जोन्टा क्लव अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ महामारीमा थोरै भएपनि सहयोग गर्नु सबैको दायित्व भएको बताइन् ।