सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा उछाल, एकैदिन ५४.२१ अंकको बृद्धि

आइतबार, ०२ जेठ २०७८, १८ : ५५
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । आइतबार सेयर बजार नेप्से परिसूचाँकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा अधिकतम ५४ दशमलव २१ अंकले बृद्धि हुँदै २७३८ दशमलव २९ विन्दुमा पुगेको हो ।  यसदिन ठूला कम्पनीहरुको नेप्से परिसूचक सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ६४ अंकले बढेर ४८८ दशमलव १४ विन्दुमा पुगेको छ । 

आज सबै जसो कम्पनीहरुको सूचक धनात्मक रहँदा कारोबार रकममा समेत उच्चता आएको छ ।  सेयर बजार मापक नेप्सेका अनुसार आइतबार २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १ लाख १३ हजार ६९ पटक कारोबार हुँदा अधिकतम १० अर्ब ४० करोड, ३८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । 

यस दिन सबैभन्दा बढि रुरू जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने गरि बृद्धि भएको छ भने अन्य सात कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बृद्धि भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप