कैलालीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस
सोमबार, ०३ जेठ २०७८, १५ : १९
कैलालीमा थप एक हप्ता लकडाउन गर्ने तयारी गरिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि बैशाख मसान्तसम्म लकडाउन गरिएको थियो । तेस्रो चरणको लकडाउन वैशाख २८ गते राती १२ बजेदेखि जेठ ६ गते राती १२ बजेसम्म गरिएको थियो ।